श्रीलंकाको अर्थतन्त्र संकटबाट बाहिरिन १८ महिना लाग्ने

श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले देशको अर्थतन्त्रलाई सुधार गर्न सक्नेमा आफू विश्वस्त रहेको बताएका छन् । तर हालको संकटग्रस्त अर्थतन्त्रमा स्थिरता आउन १८ महिना लाग्ने पनि उनले बताए । ‘सन् २०२३ कठिन हुनेछ, तर २०२४ सम्ममा स्थिति सुधारिनेछ ,’ विक्रमासिङ्घेले अलजजिरासँगको विस्तृत अन्तर्वार्ताका क्रममा भने । मे महिनामा छैटौं पटक देशका प्रधानमन्त्री बनेका ७३ वर्षीय विक्रमासिङ्घेले अन्तरवार्ताका क्रममा आफूले असाधारण परिस्थितिमा पदभार ग्रहण गरेको कुरामा जोड दिएका थि