काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल हिमाल डेन्टल हस्पिटलबीच छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारी भएसँगै बैंकका कार्डबाहक ग्राहकले हिमाल डेन्टल हस्पिटलमा २० प्रतिशतसम्मको छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले जनाएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन […]