लाओसलाई पराजित गर्दै नेपालले जित्यो प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि

अखिल नेपाल फुटबल सङ्घको आयोजनामा भएको प्रधानमन्त्री थ्री नेसन्स कप प्रतियोगिताको उपाधि नेपालले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार भएको फाइनल खेलमा नेपालले लाओसलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । यस उपाधिसहित नेपालले पाँच हजार अमेरिकी डलर प्राप्त गरेको छ । त्यस्तै उपाविजेता बनेको लाओसले तीन हजार अमेरिकी डलर प्राप्त गरयो । …

सम्बन्धित सामग्री

नेपालले लाओसलाई हराएको क्षण (तस्बिरहरु)

काठमाडाैँ – प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा नेपालले लाओसलाई पराजित गर्दै शुक्रबार उपाधि चुमेको छ। नेपाल २–१ ले लाओसलाई हराउँदै विजेता बन्न सफल भएको हो। फाइनलमा लाओस विरुद्ध बराबरी गोल गरेका आयुष घलानले प्लेमेकरका रुपमा उत्कृष्ट प्रदर्शन गरेका थिए। प्रतिस्पर्धात्मक बनेको फाइनलमा नेपालले लाओसलाई २–१ ले पराजित गर्दै उपाधि जित्दा घलानले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई […]

लाओस र नेपाल दुबैको लक्ष्य उपाधि

काठमाडौं-प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको फाइनलमा शुक्रबार नेपाल र लाओस प्रतिस्पर्धा गर्दै छन्। खेल अघि आयोजित प्रि-म्याच प्रेस कन्फ्रेन्समा दुबै टिमले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने बताएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार साँझ हुने फाइनलमा लाओस समूहचरणको हारको बदलाको प्रतिक्षामा हुँदा नेपाल भने सुधारिएको खेल पस्कँदै उपाधि जित्ने लक्ष्यमा रहेको छ। लिग चरणमा अपराजित […]

को हुन् भुटानविरुद्ध हारबाट जोगाउने दीपक सिंह ठकुरी ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत मंगलबार भुटानसँग हारबाट जोगियो । खेलको इन्ज्युरी समयको पहिलो मिनेटमा फरवार्ड दीपक राज सिंह ठकुरीले गोल गरेपछि नेपाल १-१ को बराबरी खेल्दै फाइनल पुगेको हो । लाओसविरुद्ध भएको थ्री नेसन्स कपको पहिलो खेलमा दीपकले डेब्यु गरेका थिए । नवयुग श्रेष्ठको स्थानमा ८३ […]

भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा

फाइनलमा शुक्रबार लाओससँग प्रतिस्पर्धा गर्दैै नेपाल नेपाल र लाओसले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । अब फाइनल खेल शुक्रबार हुनेछ । दशरथ रंगशालामा मंगलबार भुटानसँग १–१...

नवयुगको नेपालमा पहिलो अन्तर्राष्ट्रिय गोल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय गोल गरेका छन् । प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत बुधबार दशरथ रंगशालामा लाओसविरुद्ध नवयुगले दोस्रो हाफमा दर्शनीय गोल गरेका थिए । उनले लाओसको हाफको मध्यभागमा बललाई नियन्त्रणमा लिने प्रयासमा भलीमार्फत सुन्दर गोल गरेका थिए । यो उनको आठौं अन्तर्राष्ट्रिय गोल […]

छोटो तयारी र टिम समन्वय नमिल्दा राम्रो प्रदर्शन गर्न सकेनौं: अनन्त

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा लाओस विरुद्ध ‘प्लेयर अफ द म्याच’  बनेका डिफेन्डर अनन्त तामाङले  टिमले सोचे जस्तो प्रदर्शन गर्न नसकेको बताए। लाओसलाई २-० ले पराजित गरेको  खेलपछि आयोजित पोस्ट म्याच कन्फ्रेन्समा छोटो तयारी र नयाँ खेलाडीसँगको समन्वयको अभावका कारण टिम मैदानमा दबाबमा देखिएको उनले बताए।  पाँच वर्षपछि राष्ट्रिय फुटबल टिमका लागि गोल गरेपनि […]

लाओसविरुद्ध भरत सुरुवाती ११ मा

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड भरत खवासले प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत लाओसविरुद्ध पहिलो खेलमा सुरुवात गर्ने भएका छन् । गोलरक्षकमा कप्तान किरण चेम्जोङ छन् । प्रशिक्षक भिंसेंजो अल्बर्टो अनेसेले अनुभवी फरवार्ड भरतलाई उनकै क्लब सहकर्मी नवयुग श्रेष्ठसँग अग्रपंक्तिमा उतारेका हुन् । चोटका कारण अन्जन विष्ट भने बेन्चमा रहेका छन् । आयुष घलान पनि अग्रपंक्तिमा […]

थ्री नेसन्स कप : नेपाली टोलीको घोषणा, ७ खेलाडी डेब्यु गर्दै

ललितपुर : प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ।बुधबारदेखि चैत १७ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताका लागि प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनासीले २३ सदस्यीय टिमको मंगलबार घोषणा गरेका हुन्। प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्दै छन्।राष्ट्रिय टिमका नियमित खेलाडीहरु भटाभट विदेश पलायन हुन थालेपछि टिम बनाउन नै कठिन भएको एन्फाले बताएको छ। नयाँ प्रशिक्षकले ए डिभिजन लिगमा भएका ५ चरण

प्रधानमन्त्री थ्रि नेसन्स कप चैत्र ८ देखि

प्रधानमन्त्री थ्रि नेसन्स कप फुटबल प्रतियोगिता चैत्र ८ गतेदेखि १७ गतेसम्म हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गरी अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसबारे जानकारी गराएको हो । थ्रि नसेन्स...