बालेनको जितमा मधेसलाई गर्व, मधेसी भएकोमा बालेनलाई कति गर्व ?

बालेन्द्र साह उर्फ बालेन साह काठमाडौंको प्रमुखमा निर्वाचित भइसकेका छन्, यद्यपि औपचारिक घोषणा हुन बाँकी छ । काठमाडौंको प्रमुखमा उनको जित सुनिश्चित भएसँगै मधेसमा एक प्रकारले तरङ्ग आएको छ । बालेनको पुर्ख्यौली घर मधेसमै रहेको र उनी मधेसी मूलका युवा रहेका कारण पनि बालेनको जितमा मधेस खुसी देखिन्छ ।बालेन आफैलाई भने मधेसी मूलको युवा भएर काठमाडौं महानगरको प्रमुखमा जित हासिल गर्दा कति गर्व भइरहेको छ भन्ने पाटो प्रस्ट हुन सकेको छैन । किनकि, बालेनले अहिलेसम्म आफूलाई मधेसी मूलको नागरिकका रुपमा सार्वजनिक रुपम