काठमाडौं : ठिक एक वर्षअघि यही समय कोरोना संक्रमणको दोस्रो लहर शुरु हुँदा सर्वसाधारण कोरोनाविरुद्ध खोप लगाउन घाममा सेकिएर घन्टौं लाइन बस्दा पनि खोप लगाउन त परै जाओस् खोप लगाउने ठाउँनजिक पनि पुग्न नपाइ खोप सकिएको सूचना आउँथ्यो र खिस्रिक्क हुँदै फर्कन बाध्य थिए।तर अहिले त्यसविपरीत संघ र प्रदेश सबैतिर कोरोनाविरुद्धको खोप टन्नै छ तर खोप केन्द्रमा खोप लगाउन जानेको संख्या अत्यन्त न्यून छ।केही साता अघिसम्म पनि टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोनावि