ओलीलाई सहमति जुटाउन सकस, दोस्रो दिनको बन्द सत्र अझै सुरु हुन सकेन

काठमाण्डाै – नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्द सत्र अझै सुरु हुन सकेको छैन । पदाधिकारी र केन्द्रीय सदस्यमा सहमति जुटाउने कोसिस भइरहेका कारण आज आइतवार बिहान १० बजे नै सुरु हुनुपर्ने बन्द सत्र अझै सुरु हुन सकेको छैन । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावललाई मनाउन नसक्नुभएका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्षसहित अरू पदमा पनि सहमति जुटाउन सक्नुभएको छैन । अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई दिन खोज्नुभएको छ तर सुवास नेम्वाङले पनि अडान छाड्नुभए...