नेकपा एमालेको महाधिवेशनमा अध्यक्ष केपी ओलीको तजबिजमा गरिएको पार्टीको केन्द्रीय नेतृत्वको चयनप्रति असन्तुष्टि देखिन थालेको छ । यही क्रममा नेकपा एमालेमा रहेर झण्डै ४० वर्ष राजनीति गरेका सिन्धुपाल्चोकका पूर्व सांसद सुवास कर्माचार्यले ओलीविरुद्ध विद्रोह गरेका छन् । नेता कर्माचार्यले आइतबार पार्टी परित्याग गरेको घोषणा गरेपछि सिन्धुपाल्चोक एमालेमा हलचल पैदा भएको छ । कर्माचार्यको घोषणापछि जिल्लाका धेरै नेता कार्यकर्ताले एमाले छोडेको घोषणा गर्न थालेका छन् । ३५÷३६ को कम्युनिस्ट आन्दोलनमा सक्र