नेपाली
कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटको बाल्दरीमा
बसेर बर्बराएको आरोप लगाएका छन् । उनले ओलीलाई बालकोट पुगेरै ट्युसन पढाउने भन्दै कटाक्षसमेत
गरे ।मंगलवार
ओलीले कांग्रेसको घोषणापत्रलाई 'पागलहरूको प्रलाप' भन्दै निकृष्ट शब्दले अपमान गरेका
थिए । ओलीको
टिप्पणीमा प्रतिटिप्पणी गर्दै महामन्त्री थापाले आज आयोजित एक पत्रकार सम्मेलनमा भने,
ओलीलाई लजिक मन पर्दैन, म्याजिक मन पर्छ । चोर्यो चोर्यो भनेका छन् । हामीले कसैको
घोषणापत्र चोरेको छैन । बालकोट नै गएर
भएपनि
ट्युसन् पढाउनुपर्ने छ ।'
थापाले थपे - 'जसको मुखमा अंगार छ, उसले ओकल्ने कालै हो ।'उनले
ओलीले झुट बोल्ने गरेको आरोपसमेत लगाए । 'ओली झुट बोल्नुहुन्छ,' उनले भने, 'तपाईं झुट
बोल्दै हुनुहुन्छ भन्ने हो भने उहाँले सनक्क सन्केर पागल भन्नुहुन्छ । उहाँले शुशीला
कार्कीलाई पागल भन्नुभयो । गोविन्द केसीलाई पागल भन्नुभयो ।'थापाले
नेपाली कांग्रेसका नेता कार्यकर्ताले पढ्न नपाएको घोषणापत्र ओलीले रातभरि लगाएर पढेको
भन्दै कटाक्षसमेत गरे ।
'म
उहाँलाई एउटा एडभाइस दिन्छु,' थापाले भने, 'धेरै सनक्क सन्किदा शरीरलाई कहिलेकाहीं
अप्ठेरो पर्न सक्छ ।