गठबन्धनमा एकीकृत समाजवादीको बटमलाइन : एमालेले जितेका महानगरसहित ५० प्रतिशत चाहियो !

 नेकपा (एकीकृत समाजवादी) ले २०७४ मा नेकपा एमालेले जितेका २९३ स्थानीय तहमध्ये ५० प्रतिशत आफुले पाउनुपर्ने प्रस्तावसहितको ‘बटमलाइन’ अघि सार्ने भएको छ । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धनभित्र तालमेलको मोडालिटीबारे अन्तिम टुंगो लगाउने प्रयास भइरहेका बेला नेकपा समाजवादीले औपचारिक रुपमै गठबन्धनको बैठकमा यस्तो प्रस्ताव अघि सार्ने तयारी गरेको हो । समाजवादीको यो प्रस्तावमा गठबन्धनभित्रका दलहरुले सहमति जनाए १४६ सिट पाउने छ । तर, समाजवादीको यो प्रस्तावमा गठबन्धनभित्र रहेक