पातारासी गाउँपालिकामा रैथानेबाली जोगाउन महिलाहरुले आफैँले उत्पादनका गरेका बिउ प्रदर्शन गरेका छन् । गाउँपालिका क्षेत्रका ११ वटा महिला कृषक समूहहरुले पछिल्लो समयमा आयातीत खाद्यान्नका कारण रैथानेबाली लोप भइरहेको भन्दै बिउ प्रर्दशनी गरेर स्थानीय सरकारको ध्यानाकर्षण गरेका हुन् । प्रदर्शनीमा जौं, गहुँ, मकै, भट्मास, चिनो, कागुनो, मार्सी धान, सिमी, गहत लगायतका तरकारी र फलफुलजन्य बालीहरुको बिउ राखेका थिए ।