दिवा खाजामा छुट्याइएको ९ अर्बमा स्थानीय तहको मनलाग्दी

काठमाडौं : शिक्षण सिकाइमा बालबालिकाको सहभागिता वृद्धि र सिकाइ सुधार गर्न सञ्चालन भएको हो ‘दिवा खाजा कार्यक्रम’। कम्तीमा ३० प्रतिशत पोषण परिपूरक हुने विविधतामूलक आहार उपलब्ध गराएर विद्यालयमा बालबालिकाको स्वास्थ्य र पोषण स्थिति सुधार गर्ने पनि यो कार्यक्रमको उद्देश्य थियो।सामुदायिक विद्यालयमा दिवा खाजा मापदण्ड तथा कार्यक्रम सहजीकरण पुस्तिका, २०७६ अनुसार दिवा खाजा कार्यक्रमको शुरूवात १९६४ देखि शुरू भएको हो। तर अहिले यही दिवा खाजा कार्यक्रम अनुगमन नहुँदा स्थानीय तहले मनलाग्दी खर्च ग