कैलालीका एक युवकको भारतमा हत्या

धनगढी : भारतमा एकजना नेपाली नागरिकको हत्या भएको छ। भारतको महाराष्ट्र राज्यस्थित आलिबागमा एक नेपालीको हत्या भएको हो।कैलालीको लम्कीचुहा नगरपालिका-६ बावनपुर स्थायी घर भएका १८ वर्षीय कमलबहादुर बिकको हत्या गरिएको हो। पुस २६ गते कमलको विभत्स हत्या गरिएको उनका आफन्तले जानकारी दिएका छन्। छोराको हत्या भएको भन्दै मृतककी आमा पार्वतीले आलिबागमा बस्ने सागर बिक, टोपु बिक, मनोज बिक र सन्तोष बादीको नाममा किटानी जाहेरीसमेत दिएकी छन्।उनले माघ १ गते भारतको महाराष्ट्र रायगढ जिल्ला आलिबाग थाना प्रहरीमा उजुरी दि