विराटनगर : दिउँसो गर्मी र साँझ बिहान चिसो हुने मौसममा चुनावी माहोलले रनक्कै तातिएका छन् तराईका शहर बजारदेखि गाउँ बस्तीसम्म। चुनावी गर्मीले विस्तारै छोएको कोहबराका सुकुम्बासी बस्तीमा मधेशका विविध मुद्दाका चाङ बोकेर बिहानै सिके राउतको राष्ट्रिय जनमत पार्टीका उम्मेदवार, नेता कार्यकर्ता पुगेका रहेछन्।उनीहरूले चुनाव चिह्न अंकित झण्डा टोलैभरिका छानामा छन्त भने केही प्रवेशद्वारमा टाँगिएका छन्। नेताका भाषण र आश्वासनबाट दिक्क भएको सो बस्तीका बासिन्दा आफूहरू&n