बुधबार सेयर कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ । कुल ८ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको छ । मंगलबार ६ अर्ब ७२ करोडको कारोबार भएको थियो । कारोबार रकम बढे पनि बजारको परिसूचक नेप्से भने घटेको छ । नेप्से ३०.५ अंकले घटेसँगै २८०३ अंकमा कायम भएको छ । कुल २९ कम्पनीको मूल्य बढेको छ भने १५८ को घट्यो । ३ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।