धमिलो हो र रंगमञ्चको अनुहार ?

अभिनेता दयाहाङ राई रंगकर्मी अनुप बरालसँगै थिए । बरालले नाटक गर्ने जोडबल गरिरहेका थिए । वर्कसप चल्यो । तर,

सम्बन्धित सामग्री

अमिलो यात्रा

त्यो बेलासम्म हामी नेपाल जाने कुरामा ढुक्क थियौँ । मनमा कुरा खेलिरहेका थिए, “बोर्डिङ पास लिएपछि भित्र गइन्छ, जहाजमा बसिन्छ, केही समयपछि जहाज उड्छ अनि परिचारिकाहरूले दिएको खानेकुरा खान पाइन्छ’ तर हाम्रा पासपोर्ट र टिकट हेर्दै गरेका काउन्टरका कर्मचारीको अनुहार देखेपछि भने मेरा सोचाइका तरङ्गहरू परिवर्तन भए । मैले देखेँ– छोरा सुमनको उदाउँदो सूर्यको जस्तो तेजिलो अनुहार पनि बिस्तारै ग्रहण लागेको चन्द्रमा जस्तै धमिलो हुँदै गइरहेको थियो ।

प्रकाशको उज्यालो टिजर

काठमाडौं । मलिन अनुहार लिएर घुम्टो ओडेकी एक अधबैँसे महिलालाई नेपथ्यबाट कसैले सोधको सुनिन्छ– के होला नाम ?  जवाफ : सूर्यबहादुर रोकाया 'मृतक हो कि बेपत्ता हो ?' तर्सिएकी महिलाको आवाज सुनिन्छ– हँ ? आँखाबाट आँसु बगाएकी उनी हलचन नगरी उभिइरहन्छिन् । त्यसपछि ‘फेडइन’ हुँदै गरेको धुनसँगै धमिलो दृश्यमा देखिन्छन्, प्रकाश अर्थात् चलचित्र ‘प्रकाश’का मुख्य पात्र...

निमेष निखिलका दुई कविता

स्वीकारोक्ति  केही त विस्मृतिको धमिलो पोतिएर होला, स्मृतिका भित्ताहरूमा स्पष्ट छैन भविष्यको छवि सधैँ हेर्ने गरेका हत्केलाका ऐनामा  सखारै झुल्केको हो घाम हिजोअस्तिजस्तै क्षितिज उसैगरी लिपेका हुन् बिहानी लालिमाहरूले जोर गौँथली सदाझैँ उडेका हुन् दलिनबाट मेरै जिम्मामा छाडेर आफ्नो घर र बचेराहरू जब उसैगरी उभियो आँगनछेउमा– दुई दशकअघिको साइँला दर्जीको पुरानै उदास अनुहार लेख्दालेख्दैको मेरो कविता  केही नबोली हिँड्यो सरासर । बेलाबेलामा अझै...

कोरोना संक्रमितमा ब्ल्याक फङ्गस देखियो :  चिकित्सक

जेठ १४, वीरगञ्ज । कोरोना संक्रमणसँग सामाना गरिरहेका केही बिरामीमा पछिल्लो समय ब्ल्याक फङ्गस (कालोढुसी) को देखिएको चिकित्सकहरूले बताएका छन् ।  कोरोना संक्रमण जितेर अस्पतालबाट डिस्चार्ज भइसकेकाहरू ब्ल्याक फङ्गसको समस्या लिएर आउने गरेको नारायणी अस्पताल वीरगञ्जका चिकित्सक डा निरज सिंहले जानकारी दिए ।  नेपाली युवा उद्यमी फोरम वीरगञ्जले शुक्रवार ब्ल्याक फङ्गस संक्रमणबारे चिकित्सकहरूसित गरेको भर्चुअल अन्तरक्रियामा डा सिंहले ब्ल्याक फङ्गसको उपचार अत्यन्तै जटिल रहेको बताए । औषधी सहजै उपलब्ध नहुने र लामो समयसम्म उपचार गर्नुपर्ने भएकाले यो चुनौतिपूर्ण रहेको उनले बताए ।  औषधी अभावमा वीरगञ्जमा भेटिएका संक्रमितलाई उपचारका लागि भारतका विभिन्न शहरका अस्पतालमा पठाउनु परेको डा सिंहको भनाइ छ । वीरगञ्जमा उपचारका लागि आएकामध्ये आठ जनामा यस्तो संक्रमणको लक्षण देखिएकोमा अहिलेसम्म २ जनाको ज्यान गइसकेको रचिकित्सकहरूले बताएका छन् ।  संक्रमण शरीरको कुन अंगमा छ त्यसका आधारमा लक्षण फरक फरक देखिने चिकित्सकहरूको भनाइ छ । सामान्यत : नाकबाट पानी बग्ने, आँखा सुन्निने, आँखा र टाउको दुख्ने, आँखा धमिलो देखिने र दृष्टि गुमाउनेजस्ता लक्षण देखिने डा नितीन तुल्स्यानले बताए । केही संक्रमितमा नाकबाट रगत बग्ने, मुख बांगो हुने, आँखाको वरपर कालो दाग देखिने, आँखाबाट रगतजस्तो पदार्थ बग्नेजस्ता लक्षण पनि देखिने पनि चिकित्सहरू बताउँछन् ।  संक्रमण मस्तिस्कसम्म फैलिएको छ भने उच्च ज्वरो आउने, अनुहार सुन्निने, नाक जाम हुने, फोक्सोमा संक्रमण भएमा खोकी लाग्ने, सास फेर्न कठिन हुने छाती दुख्नेजस्ता जटिल लक्षण देखिने डा. सिंहले जानकारी दिए । पेट दुख्ने, बान्ता, पनि यो संक्रमणको लक्षण भएको उनले बताए ।  फङ्गसको संक्रमणमा मुत्यु दर ५० देखि ६० प्रतिशतसम्म रहने डा. चन्दन बरनवालले जानकारी दिए । विगतमा अनियन्त्रित मधुमेह र एचआईभी संक्रमितमा विरलै देखिने यो संक्रमण अहिले वीरगञ्ज र काठमाडौंमा कोरोना संक्रमितमा भेटिएको उनले बताए ।  ब्ल्याक फङ्गस हाम्रै वातावरणमा रहेको माटो, बोटविरुवा, कुहिएका फलफूल र तरकारीमा पाइने भएकाले सरसफाइमा ध्यान दिनुपर्ने सुझाव चिकित्सकहरूको छ । यो संक्रमण मानिसबाट मानिसमा नसर्ने डा बरनवालले बताए ।  अन्तरक्रियामा युवा उद्यमी फोरमका अध्यक्ष अनुप अग्रवालले कोरोना महामारी र यसै बेला थपिएको फङ्गसको संक्रमणबाट जोगिन सबै पक्षको सतर्कता र सहकार्य आवश्यक भएको औंल्याए । उक्त अवसरमा नेपाल  उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठ र वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ताले महामारी नियन्त्रण र सचेतना अभिवृद्धिमा स्वास्थ्यकर्मीहरूको योगदानको प्रशंशा गरेका थिए ।

उमेर ढल्किदै छ आफ्नो भन्ने मान्छे छैन !

हिँडेको सोझो बाटो चिप्लिएर पछारिए समय बितिगयो कति बोकूँ बोझ तिम्रो थाकेको सिङ्गो शरीर पन्छाउन थाल्दै छु। चिप्लियो डङ्ग्रङ्ङ अत्याउँदै सबैलाई छलेर बाटो खोज्दा समाउने ठाउँ छैन लाजले मुख छोपेर हत्तारिदै दौडियो । आवाजै डरलाग्दो अनुहार मिले पनि पाइला नाप्दै जा...

चेपाङ गाउँमा सकियो खानेकुराः माग्न बाध्य

फाटेको पुरानो अनि मयल परेको लुगा । धमिलो अनुहार अनि काखमा एकसरो लुगामा काखे शिशु बोकेर गाउँ हिँडेका अवस्थामा भेटिनुभयो २१ वर्षीया सानुमाया चेपाङ । बेनीघाटरोराङ गाउँपालिका–६ ममाङकी सानुमाया गाउँमा कोरोनाको त्रास बढे पनि बाँच्ने आशामा गाउँ घुम्न बाध्य हुनुभएको छ । केही दिनअघि घर आगलागी भयो । खरको छानाको घर जलेर नष्ट भयो । ज्याला गरेर ल्याइएको अन्न र घरमा भएको लुगा सबै जल्यो । घरमा खानेकुरा भएन । बुमराङ गाउँमा भेटिनु भएकी सानुमाया काखमा एक महिनाको शिशु बोकेर खानेकुरा माग्दै हिँड्नुभएको हो । उहाँका दुई शिशु घरमा नै छन् । उहाँका श्रीमान् घरमा तिनलाई कुरेर बस्नुभएको छ ।