तेह्रथुम प्रदेशसभा-२ बाट माओवादी केन्द्रका चापागाईं विजयी

आठराई गाउँपालिका-५ छातेढुंगाका ३९ वर्षीय दुर्गाप्रसाद चापागाईं तेह्रथुम प्रदेशसभा २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । सत्ता गठबन्धनको सहयोगमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका चापागाईं ८ हजार ३ सय ९४ मत प्राप्त गरी विजयी भएका हुन् ।