होली पर्व मनाउन वसन्तपुरमा यसरी ठड्याइयो चीर, फोटो

काठमाडौं : हनुमानढोकास्थित वसन्तपुरमा शुक्रबार बिहान रंगी विरंगी कपडाहरूको ध्वजासहित तीन खण्डे चीर ठड्याइएको छ। चीर ठड्याएसँगै शुक्रबारदेखि राजधानीलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ। हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा शुक्रबार बिहान ११ बजेर ५७ मिनेटको शुभसाइतमा ...

सम्बन्धित सामग्री

मिथिलाञ्चलमा विधिवत रूपमा होली पर्व सुरु

महोत्तरी– महोत्तरीको भङ्गहा नगरपालिका– ९ कञ्चनवनमा भगवान रामचन्द्र र माता जानकीले प्रतिकात्मक रूपमा होली खेलेसँगै सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत रुपमा सुरु भएको छ । संसारकै लामो यात्रा मानिएको १५ दिने माध्यमिकी परिक्रमा अन्तर्गत आज  बिहान महोत्तरीको कञ्चनवनमा साधु, सन्त, महात्माले भगवान रामचन्द्र र सीता माताको प्रतिमामा रङ, अबिर हालेपछि सम्पूर्ण मिथिलाञ्चलमा विधिवत रूपमा […]

होली पर्व साझा संस्कृतिका रूपमा स्थापित छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लासका साथ हिमाल–पहाड र तराईमा फरक फरक दिनमा मनाइने होली पर्व (फागुन पूर्णिमा)का अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले आज जारी गरेको शुभकामना सन्देशमा होली पर्व २०७९ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका समस्त दिदीबहिनी […]

लोसपाका नेता कार्यकर्ताले मनाए होली

२१ फागुन, काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता, कार्यकर्ताहरुले होली पर्व मनाएका छन् । आइतवार पार्टी केन्द्रिय कार्यालयको आयोजनामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता कार्यकर्ताहरुले आपसमा रङ दलेर होली पर्व मनाएका हुन् । पात्रो अनुसार पहाडमा सोमवार(भोलि) र तराईमा मंगलवार होली पर्व मनाइने भए पनि होली पर्वको पूर्वसन्ध्यामा आजै नेताहरुले होली पर्व मनाएका हुन् । […]

सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन काठमाडौं प्रहरीको अनुरोध

काठमाडौं, फागुन २० । फागु अर्थात् होलीलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित बनाउन प्रहरीले आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौले सन्देश निकालेर सभ्य एवम् सुरक्षित तवरले होली पर्व मनाउन सबैसँग अनुरोध गरेको हो । प्रहरीले आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको छ […]

तराई क्षेत्रमा हर्षोल्लासका साथ आज होली पर्व मनाइयो

काठमाडौँ- रङ्गहरुको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गर्दै हर्षोल्लासका साथ शुक्रबार तराई क्षेत्रमा मनाइएको छ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । तराईका जिल्लामा रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश […]

मधेशमा आज होली पर्व मनाईंदै

जनकपुर । मधेस क्षेत्रमा आज होली पर्व मनाईंदैछ । हिजो पहाडी जिल्लाहरुमा होली अर्थात फागु पर्व मनाइएको थियो । सामुहिक रुपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ । होली पर्व आपसी सद्भाव, भातृत्व र आत्मीयताको प्रतिक मानिन्छ । होलीका अवसरमा विभिन्न सांगीतिक तथा साँस्कृतिक कार्यक्रमहरु गरेर समेत खुसी साटासाट गर्ने गरिन्छ […] The post मधेशमा आज होली पर्व मनाईंदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

बसन्तपुरमा होली पर्व (तस्बिरहरु)

काठमाडौं । नेपालको पहाडी भेगमा आज (बिहीबार) होली पर्व मनाइँदै छ । कोरोनाका कारण दुई वर्षदेखि मनाउन नपाएको होली पर्व यस वर्ष धुमधामका साथ मनाइँदै छ । काठमाडौंको बसन्तपुर लगायतका विभिन्न क्षेत्रमा होली पर्व धुमधामका साथ मनाइरहेका छन् ।

वसन्तपुरमा चीर ठड्याएसँगै यसपालिको फागु अर्थात् होली पर्व सुरु

काठमाण्डाै – काठमाण्डौको वसन्तपुरमा चीर ठड्याएसँगै यसपालिको फागु अर्थात् होली पर्व सुरु भएको छ । बिहान ७ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएसँगै होली पर्व सुरु भएको हो । होलीलाई असत्यमाथि सत्यको विजयको रुपमा हरेक वर्ष फागु पूर्णिमाका दिन मनाउने गरिन्छ । रंगको पर्व होलीलाई आपसी कटुताको अन्त्य र सद्भाववृद्धिको पर्वको रुपमा पनि लिने गरिन्छ । यसपालि आउँदो विहीबार पहाडी जिल्लामा र शुक्रबार तराईका जिल्लामा होली मनाइँदै छ ।

बसन्तपुरमा चीर ठड्याइएसंगै होली पर्व सुरु

काठमाडौँ । काठमाडौँको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीन तले चीर ठड्याइएको छ । चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । आज बिहान ७ बजेको साइतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएका छन् र एक अर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् । आज पशुपति, हनुमान ढोका […]

यस्तो देखियो पूजा र आकाशको होली

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठले आज होली पर्व साथीभाईको साथमा मनाएका छन् । काठमाण्डौका विभिन्न स्थानमा होली खेल्दै पूजा र आकाश बुढानिलकण्ठसम्म पुगेका थिए । होली पर्व भन्ने वित्तिकै खुशी र उमंगको पर्व रहेको बताउँदै नायक आकाश श्रेष्ठले कोरोनाका कारण खुम्चिएर होली मनाउन पर्दा रमाइलो नभएको बताए । उनले भने–‘होली उल्लासको पर्व हो […]