चारै प्रकृतिका बीमा कम्पनीको लाइसेन्स बाँड्ने बीमा समितिको तयारी, कुनको चुक्तापुँजी कति ?

बीमा समितिले जीवन, निर्जीवन र लघु बीमाको नयाँ लाइसेन्स दिने तयारी गरेको छ। हाल संचालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीको चुक्तापुंजी वृद्धि गर्ने गरि नयाँ कम्पनीको पनि लाइसेन्स खुलाउने तयारी गरिएको बीमा समितिले जनाएको छ। नयाँ कम्पनीहरुलाई लाइसेन्स दिने बिषय अहिले प्रारम्भिक चरणमै रहेकाले कसको पुंजी कति हुने र कति वटा कम्पनीलाई लाइसेन्स दिने भन्ने टुंगो नलागेको बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले बिजपाटीलाई बताए। उनकाअनुसार प्रारम्भिक चरणको छलफलमा निर्जीवन बीमाको चुक्ता पुंजी साढे दुई अर्ब र जीवन बीमा कम्पनीको ५ अर्ब कायम गर्ने कुराकानी भएको छ। त्यस्तै लघुबीमाको लागि ७०-७५ करोड चुक्तापुंजी तोक्ने कुरा रहेको छ। तर सङ्ख्या भने अहिले छलफलकै क्रममा रहेको छ।नयाँ कम्पनी जीवन र निर्जीवन कम्पनीको चुक्तापुंजी ५ अर्ब र साढे २ अर्ब तय भएपछि संचालनमा भईरहेका कम्पनीको के हुन्छ भन्ने आम चाँसो छ। यद्दपी संचालनमा रहेका कम्पनीहरुलाई पनि नयाँकै जति कायम गरिने र त्यसको लागि हकप्रद भन्दा पनि मर्जरलाई नै प्राथमिकतामा राखिने अध्यक्ष सिलवालको भनाई छ। अहिले जीवन बीमा कम्पनीको चुक्तापूँजी २ अर्ब र निर्जीवनको एक अर्ब रुपैयाँ छ । पुनर्बीमाको पनि १० अर्ब रुपैयाँ नै तोकिएको छ । नयाँ लाइसेन्स वितरणको काम प्रकृयाबाटै हुने र त्यसको लागि बीमा समितिले आब्हान गर्ने अध्यक्ष सिलवालले बताए। तिहार अगाडी नै सूचना जारी हुन सक्ने सिलवालको भनाई छ। जीवन र निर्जीवन बीमा कम्पनी भन्दा पनि बीमा समितिको पहिलो प्राथमिकतामा लघुबीमा कम्पनीको लाइसेन्स खुलाउने रहेको उनले स्पष्ट पारे। प्रारम्भिक चरणको छलफलअनुसार लघुबीमालाई प्रादेशिक स्तरमा केन्द्रिय कार्यलय राखेर तथा कारोबारको सिमा तोकेर उनीहरुको क्षमताअनुसार  देशब्यापी रुपमा कारोबार गर्न दिईने छ।हाल संचालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरु देशका दुरदराज तथा स्थानीय तहमा 'ग्रासरुट' मा पुगेर बीमाको सेवा दिन नसकेकाले लघुबिमाको आवश्यकता भएको उनको भनाई छ। स्थानीय तह तथा प्रदेश सरकारले पनि अपनत्व लिएर काम गर्नेगरि लघुबीमाबारे काम भईरहेको र यसका लागि धेरै चरणमा छलफल भईरहेको अध्यक्ष सिलवालले बिजपाटीलाई बताए।अध्यक्ष सिलवालले हालै मात्रै पुनर्बीमा कम्पनीको लाइसेन्स दिईएकाले अर्को थप्ने तयारी नभएको बताएपनि स्रोतले भने अर्थ मन्त्रालयको दबाबमा अर्को पुनर्बीमा कम्पनीको लाइसेन्सको लागि पनि आब्हान हुने दाबि गरेको छ। स्रोतकाअनुसार सत्ता साझेदार राजनीतिक दल, अर्थ मन्त्रालय, बीमा समिति र स्वार्थ समूहको मिलेमतोमा चुनावी खर्च जुटाउनका लागि चारै प्रकृतिका नयाँ बीमा कम्पनी खोल्न लाइसेन्स बाँड्न लागिएको हो। मन्त्रालय र समितिले जीवन बीमाको ३ वटा, निर्जीवन बीमाको ५ वटा, पुनर्बीमाको एउटा र हरेक प्रदेशमा दुईवटाका दरले १४ वटा लघुबीमा कम्पनी खोल्न लाइसेन्स बाँड्न लागेको हो ।   हाल नेपालमा ४२ वटा बीमा कम्पनी संचालनमा रहेका छन्। जसमा १९ वाट लाइफ, २० वटा ननलाइफ र २ वटा पुनर्बीमा कम्पनी रहेका छन्।  जीवन बीमा कम्पनीको लागि बीमा समितिको प्रस्तावमा मन्त्रिपरिषदबाट निर्णय हुन्छ भने निर्जीवन र लघुबीमाको लाइसेन्स दिने अधिकार बीमा समितिको संचालक समितिलाई हुने गर्दछ।      

सम्बन्धित सामग्री

पडकास्ट: यसपटक कति आम्दानी हुनेले कति ट्याक्स तिर्ने? कसरी घटाउने १३,८५० डलर?

अमेरिकामा जनवरी २९ देखि ट्याक्स फाइल सिजन सुरु भइसकेको छ । यसपटक कति आम्दानी हुनेले कति ट्याक्स तिर्नुपर्छ? कति आम्दानी हुनेहरुले ट्याक्स फाइल गर्नुपर्छ? स्ट्याण्डर्ड डिडक्सनमार्फत करयोग्य कति आम्दानी घटाउन सकिन्छ? पेपल लगायतका एप्लीकेशनबाट गरेको आम्दानी रिपोर्ट गर्नुपर्छ कि पर्दैन? उपहारबाट पाएको रकम र अन्य आम्दानीमा ट्याक्सको नियम के फरक छ ? आईआरएसको फन्दामा नपर्न […]

प्रधानमन्त्री र मन्त्री कति पटक हुने, निर्धारण गरौँ : सांसद देवकोटा

काठमाडौँ : राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले नेपालमा प्रधानमन्त्री र मन्त्री कति पटक हुने भन्ने निर्धारण हुन जरुरी रहेको बताएका छन्।बुधवार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कति पटक सांसद हुने, कति पटक मन्त्री हुने र कति पटक प्रधानमन्त्री भन्ने निर्धारण हुन जरुरी रहेको बताए। उनले नेताहरूले नेपाललाई स्वीजरल्याण्ड बनाउँछु भने पनि काम हुन नसकेको बताए। उनले नेपालको भन्दा २२ गुणा धेरै जिडिपी र प्रतिव्यक्ति आय नेपालको भन्दा ७६ गुणा बढी स्वीजरल्याण्डको रहेको बताए।देवकोटाले भने,

गाल्ने कुरा कति

आफ्नो नाक काट्दै टाल्ने कुरा कति गए जान्छ इज्जत फाल्ने कुरा कति।।   कोहि भन्ने फू गरि उडाइ दिन्छौँ अब बल्ल बल्ल ठडिएको ढाल्ने कुरा कति।।   बिनासित्ति खेदो खन्छन् आजकल किन सानो निउमा सडकमा बाल्ने कुरा कति।।   घ्यूका ठेकि आफै सँग जता बाँडौँ खुसि काँधमा थैलो बोक्नेतिर हाल्ने कुरा कति।।   नदिउँ भने […]

आग्लो खान्छन् कति

पाँच वर्षका पाहुना कस्ले मान्छन् कति नचिनेको हजुर भनि हात तान्छन् कति।। गएपछि यता गाउँमा आउने कुरा छैन दाउपरे भाग खान कता जान्छन् कति।। मुख हेर्दा उहि पुरानो चिने जाने जस्तो हेर्दा हेर्दै ढ्वाङ भरि उतै लान्छन् कति।। भर्खर सम्म म्याउम्याउ स्वर सानो पारी फेरि अहिले आफूलाई ढाडे ठान्छन् कति।। सुम्सुमाइ चिल्लो घसि माया गरे […]

नेपालमा आइफोन १३ काे भाउ अरु देशभन्दा कति सस्तो, कति महँगो ?

केही दिनअघि नेपालमा आइफोन १३ प्रि बुकिङ खुला गरिएको समाचार मूलधारकै मिडियाहरुमा पढ्न पाइयो। त्यसमा नयाँ आइफोनका विभिन्न मोडल कति पर्छ भन्ने विवरणसमेत थियो। नेपालमा किन्न पाइने आइफोन १३ अरु देशहरुभन्दा कति सस्तो वा कति महँगो छ, त्यो तुलना गर्न मन लाग्यो। हुनत ‘नजाने गाउँको बाटो नसोध्नू’ भन्ने उखान छ। त्यही भएर नकिन्ने आइफोनको जतिसुकै… Continue reading

हामी कति भाग्यमानी!

आहा! हामी कति भाग्यमानी, अरूकै भरमा चल्छ यो जिन्दगानी।  काम होस् या माम, अर्को कै भर पर्नुरहेछ। आफ्नो त के छ र, सुन्दर, शान्त विशाल देश महान!

वार्षिक कति कमाउनेले कति कर तिर्ने ? हेर्नुहोस् पूरा विवरण

काठमाण्डाै - सरकारले नागरिकबाट कर असुल्छ भन्ने जानकारी भए पनि कति कमाइ गर्दा कति कर तिर्नुपर्छ भन्नेमा धेरै जना अन्योलमै रहेको पाइन्छ ।विशेषगरी आयकरका दरबारे नागरिकले जान्नैपर्ने हुन्छ । सरकारले वार्षिक चार लाख रुपैयाँसम्म कमाउनेहरुसँगबाट एक प्रतिशत मात्रै कर लिन्छ । त्यसपछि जति धेरै आम्दानी हुँदै जान्छ त्यति धेरै नै कर तिर्नुपर्ने हुन्छ । वार्षिक २० लाख रुपैयाँभन्दा धेरै कमाउनेले त ३६ प्रतिशतभन्दा धेरै आयकर सरकारलाई बुझाउनुपर्छ ।आउँदो आर्थिक वर्षदेखि कति कमाइ हुँदा कति कर तिर्नुपर्छ भन्ने पूरै जानकारी यसप्रकार छ ।