चीनमा शक्तिशाली भूकम्प : ३ जनाको मृत्यु, ६० जना घाइते

चीनको सिचुआनमा शक्तिशाली भूकम्प आएको छ । भूकम्पमा परी अहिलेसम्म कम्तीमा तीन जनाको मृत्यु भएको र ६० जना घाइते भएका पुष्टि गरिएको छ । घाइतेहरू सबैलाई स्थानीय अस्पतालहरुमा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । देशको सिचुवान प्रान्त अन्तर्गत पर्ने लुक्षिन क्षेत्रमा भूकम्प आएको हो । भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको पनि अधिकारीहरुले जनाएका छन् । चिनियाँ भूकम्प प्रशासनले ८९० भन्दा बढी व्यवसायिक उद्धारकर्मीहरु