भाइरल तोरीबारी घुम्नेलाई भेषभूषा भाडामा बेचेर मनग्य कमाइ

म्याग्दी :  पछिल्लो समय राष्ट्रिय सञ्चारमाध्यम  र सामाजिक संजालमा बेनी नगरपालिका–१,रत्नेचौरको तोरीबारीको थामिनसक्नु भिड भाइरल भयो।म्याग्दी, बागलुङ र पर्वतसहित गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट रत्नेचौरमा पहेँलपुर फूलेको तोरीबारीमा पुगेर तस्बीर खिचाउने र टिकटक बनाउनेको ताँती नै लाग्यो।तोरीबारीमा घुम्न गएका धेरैजसो युवतीहरू फाँटमा पहेँलपुर तोरीबारीमा मखमली चोलो र पोलिस्टरका गुन्यूँ, पटुका, गरगहना, बाला, कानमा माडवारी, तिलहरी, औंठी, चुरा जस्ता जनजातिको संस्कृति र भेषभूषा झल्किने पोश