काठमाण्डाै – दशैँको अवसर पारेर खाद्य संस्थानले प्रायः हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्ने गर्छ । यस वर्ष पनि असोज १ गतेदेखि खाद्य संस्थानले आफ्ना डिपोहरूमार्फत सुपथ मूल्य सञ्चालनमा ल्याएको छ ।
संस्थानले काठमाण्डौ उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायक गरी चार ठाउँमा डिपो सञ्चालन गरेको छ । लगनखेलमा भने संस्थानले सहकारीमार्फत बिक्री गर्ने गरेको छ ।त्यस्तै खाद्यले ३९ जिल्लाको ४३ बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
खाद्यले नुनमा दुई रुपैयाँ, कर्णालीको सिमीमा १० रुपैयाँ, भटमास तेलम...