अमेरिकाले चीनसँगको सीमा क्षेत्रमा उत्पन्न परिस्थितिलाई साम्य पार्ने भारतको प्रयासमा आफ्नो समर्थन रहेको जनाएको छ ।
अमेरिकी रक्षा मन्त्रालयले भारत र चीनबीच द्वन्द्व थप बढ्न नदिन तथा सिमानाको अवस्थालाई सामान्य बनाउन भारतले गरिरहेको प्रयासमा समर्थन रहेको जनाएको हो । गएको शुक्रवार चीन र भारतको सीमाक्षेत्र अरुणचल प्रदेशको तवाङ्ग र याङ्त्सेमा दुवै देशका सैनिकबीच झडप भएको थियो ।
भारत र चीन दुवैले एकअर्कालाई आफ्नो भूमिमा अतिक्रमण गरेको आरोप लगाएका छन् । भारत–चीन सीमाको वास्तविक नियन्त्रण रेखा (एलओसी) मा चीनले सैनिक उपस्...