देउवाद्वारा निधि, खड्का र महतलाई पदाधिकारीमा मनोनयन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवादबीच पदाधिकारी मनोनयन गरेका छन्। कांग्रेसको उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशशरण महतलाई मनोनित गरेका हन्। पदाधिकारीमा मनोनित तीनै जना निर्वाचनमा पराजित भएका हुन् । निधि धनुषा, खड्का सुर्खेत र महत काठमाडौंबाट चुनाव हारेका नेता हुन् ।