ट्रकको ठक्करबाट प्रहरीको मृत्यु

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छीबाट काठमाडौतर्फ जाँदै गरेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ। धादिङको थाक्रे गाउँपालिका वडा नं ७ सातकिलामा ट्रकले मोटरसाइललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेका प्रहरी जवान सन्तोषजंग शाहको मृत्यु भएको हो।

सम्बन्धित सामग्री

ट्रकको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगामा मिक्सचर ट्रकको ठक्करबाट एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगामा मिक्सचर ट्रकको ठक्करबाट एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट प्रहरीको मृत्यु - Purbeli News

धनुषा / ट्रकको ठक्करबाट नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरीक्षकको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको मिथिला नगरपालिका–१० लालगढस्थित मोडेल अस्पताल अगाडिको सडक खण्डमा प्रहरी सहायक निरीक्षक सवार रहेको मोटरसाइकलमा ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक मदनजङ्ग कापरको...

ट्रकको ठक्करबाट प्रहरीको मृत्यु

यहाँ ट्रकको ठक्करबाट नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरीक्षकको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको मिथिला नगरपालिका–१० लालगढस्थित मोडेल अस्पताल अगाडिको सडक खण्डमा प्रहरी सहायक निरीक्षक सवार रहेको मोटरसाइकलमा ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक मदनजङ्ग कापरको मृत्यु भएको हो । उनी प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहेका थिए । आज बिहान करीब ३ बजे प्रहरी सहायक निरीक्षक कापरको शव बरामद भएको थियो । शव शङ्कास्पद देखिएपछि खोजतालस गर्दै जाँदा जनकपुरबाट बर्दिवासतर्फ जाँदै गरेको प्रहरी सहायक निरीक्षक चढेको लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको स ८ प ३९३६ नम्बरको ट्रकले ठक्कर दिएको खुलेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिनुभयो ।