पर्वतको नवजागृत माविमा मतदान स्थगित

पर्वत - पर्वतको नवजागृत मावि मोदी गाउँपालिका-६ तिलाहारको 'ख' केन्द्रमा मतदान स्थगित भएको छ । मतदान अधिकृतले प्रदेश सभातर्फको मतपत्र दिने क्रममा प्रतिनिधि सभाको मतपत्र दिएपछि बिहान साढे १० बजेदेखि मतदान स्थगित भएको हो । मतदान फेरि सुरु गर्नका लागि सर्वदलीय बैठक बस्न लागेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका प्रवक्ता राजु ढुङ्गानाले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

चितवन क्षेत्र नं २ को उपनिर्वाचन: नयाँकिरण मावि मतदानस्थलमा मतदान स्थगित

चितवन । चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा एक मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको छ । भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा मतदान स्थगित भएको हो ।

रविका समर्थकहरुले हुटिङ गरेपछि मतदान स्थगित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकले नाराबाजी गरेपछि मतदान स्थगित भएकाे छ । भरतपुर– ११ भोजाडस्थित नयाँकिरण कमलकुसुम माविमा मतदान स्थगित भएकाे जिल्ला निर्वाचन कार्यालयले जनाएकाे छ । मतदानस्थलमा लामिछाने पुग्दा समर्थकले हुटिङ गरेका थिए। मतदानस्थलभित्र नाराबाजी गरेपछि एमालेका समर्थकले प्रतिवाद गरेका थिए। एमाले समर्थकले किन होहल्ला गरेको भनेर प्रतिवाद गर्दा धकेलाधकेल […]

स्याङ्जा चापाकोटको भानु माविमा रोकिएको मतदान सुरु

स्याङ्जा– राजनीतिक दलका प्रतिनिधिबीच विवाद हुँदा स्थगित भएको स्याङजाको चापाकोट नगरपालिका-१ आँधीचौधेरास्थित भानु माध्यामिक विद्यालयमा रहेको मतदानस्थलमा पुनः मतदान सुरु भएको छ । एमाले निकट वडा सदस्यले हातपात गरेपछि विवाद हुँदा मतदान स्थगित भएको थियो । कार्यकर्ताबीच विवाद चर्किदै जाँदा प्रहरीले सुरक्षाको लागि हवाइ फायरसमेत गरेको जनाएको छ । सर्वदलीय बैठक बसेपछि विवाद मिलाएर मतदान […]

४ मतदान स्थलका ६ केन्द्रमा पुनः मतदान सम्पन्न

काठमाडौं : शुक्रबार मतदान स्थगित भएका ४ मतदान स्थलमा आज पुनः मतदान भएको छ।आज पुनः मतदान भएका सबै ४ मतदान स्थलका ६ वटा केन्द्रमा सामान्य तवरले मतदान सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले जानकारी दिए।उनका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित जनता मावि, कालिकोटको रास्कोट गाउँपालिकास्थित रमालमस्टो मावि र पचाल झरना गाउँपालिकास्थित जनता मावि खार्दुपमा आज पुनः मतदान भएको हो। बझाङको जयपृथ्वी नगरपालिकास्थित सुनिपीपल चौर माविमा पनि आजै मतदान सम्पन्न भएको छ।आयोगले गत शुक्रबार स्थग

जुम्लाको शंकर माविमा आज मतदान, सेनाका गणपतिसहितको सुरक्षा टिम खटाइयो

जुम्लाको गुठीचौर गाउँपालिका गज्यांकोटस्थित शंकर बहुद्देश्य माध्यमिक बिद्यालयको मतदान केन्द्रमा आज मतदान भइरहेको छ ।  नेपाली काँग्रेस र एकीकृत समाजवादी पार्टीबीच झडप हुँदा वैशाख ३० गतेको मतदान स्थगित भएको थियो ।मतदानमा हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नेपाली सेनाका गणपति रविन थापा, सशस्त्र प्रहरी गणपति चित्रांगत दाहाल, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दसहितको सुरक्षा टिम खटिएको प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईंले राटोपाटीलाई जानकारी दिइन् । कार्यकर्ताबीचको झडपमा सहा

पुनर्वासको विजय माविमा मतदान स्थगित

कञ्चनपुर पुनर्वास नगरपालिका १० भीमबस्तीको विजय मावि मतदान केन्द्रमा विवाद भएको छ । फर्जी मत हालेको भन्दै राजनीतिक दलका एजेण्टहरुले विरोध गरेपछि विवाद उत्पन्न भएको हो ।  मृत्यु भएका, विदेशमा रहेका...

सप्तरीको डाक्नेश्वरीमा मतदान स्थगित गरेर अर्को मिति तोक्ने तयारी

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ मा रहेको हरिरवा जनता मावि मतदान स्थलमा आजको मतदान स्थगित गर्ने तयारी भएको छ ।  हरिरवा जनता माविमा मतदान अधिकृतमाथि कुटपिट हुनुका साथै मतपेटिका तोडफोड भएपछि आजका लागि स्थगित गर्ने तयारी भएको छ । सप्तरीका जिल्ला निर्वाचन अधिकृत रमेशकुमार जोशीले मतपेटिका तोडफोड र कागजात च्यातिएकाले आज फेरि मतदान सुरु गर्ने सम्भावना नरहेको जानकारी दिनुभयो । अहिले सर्वदलीय छलफल भइरहेको र अर्को मिति तोक्ने विषयमा छलफल भइरहेको जोशीले बताउनुभयो । हरिरवा मावि मतदान स्थलमा ...

डोटीको दुई केन्द्रमा मतदान स्थगित

डोटीको दुई मतदान केन्द्रमा मतदान प्रक्रियामा रोकिएको छ। शिखर नगरपालिका ७ लाटामाण्डौं माविमा रहेको मतदान केन्द्र र सोही नगरपालिकाको वडा नम्बर ८ राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको हो ।

चितवनको नयाँ किरण मावि मतदानस्थलमा मतदान स्थगित

चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा एक मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको छ । भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा मतदान स्थगित भएको हो ।