कांग्रेसका बागीलाई समर्थन गर्ने एमालेको 'चालबाजी'ले रोचक मोडमा चितवनको चुनावी प्रतिस्पर्धा

अब कांग्रेसका बागी उम्मेदवार कोइरालालाई जिताउने एमालेको प्रयास हुनेछ । एमालेकाे याे निर्णयले अन्य क्षेत्रका कांग्रेसकाे असन्तुष्ट पक्षको मत आफूतिर तान्ने रणनीति रहेको बुझ्न गाह्रो छैन ।

सम्बन्धित सामग्री

कीर्तिपुर मेयरको दौडबाट रास्वपाको ‘वाकओभर’, स्वतन्त्रलाई समर्थन गर्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेदवारी नदिने भएको छ । चाहे जस्तो उम्मेदवार नभेटिएपछि चुनावी प्रतिस्पर्धा नगर्ने निष्कर्षमा पुगेको पार्टी स्रोतले बतायो । उम्मेदवारी मनोनयन दर्ताको अन्तिम क्षणसम्म पनि रास्वपाले आफ्ना उम्मेदवारहरुको टुंगो लगाउन सकेको छैन । केहीबेर अघि आयोजित पत्रकार सम्मेलनमा पार्टीका नेताहरुले कीर्तिपुरसहित सबै स्थानमा काम भइरहेको बताएका छन् […]

उपनिर्वाचनको सरगर्मी बढ्दै,शक्ति परीक्षणको सोचमा दलहरू

विगतका दुई आवधिक निर्वाचन र उपनिर्वाचनहरूमा तालमेल गर्दै चुनावी प्रतिस्पर्धा गर्दै आएका प्रमुख राजनीतिक दल आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा भने आआफ्नै शक्ति परीक्षणमा लाग्ने भएका छन् । त्यस प्रतिस्पर्धामा संसदीय अभ्यासमा पछिल्लो निर्वाचनबाट उदाएका नयाँ दल पनि सहभागी हुँदै छन् । हालसम्मको राजनीतिक परिदृश्य अनुसार एक महिनापछि इलाम क्षेत्र नं. २ र बझाङ क्षेत्र नं. १ (क) मा हुने उपनिर्वाचनमा दलहरूबिच एकल रूपमा प्रतिस्पर्धा हुने भएको छ तर चुनाव हुने दिनसम्ममा पनि कुनै दलले अर्को दललाई समर्थन गर्ने सम्भावना पनि छ ।

इप्पानका सदस्य ४५० पुगे, ‘संस्थाको आकारसँगै जिम्मेवारी पनि बढ्यो’

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)मा सदस्य संस्थाको संख्या ४५० नाघेको छ । ३ वर्षअघि २५० हाराहारी रहेको ऊर्जा उत्पादक सदस्य संस्थाको संख्या छोटो समयमै करीब २०० ले बढेको छ । इप्पानमा ऊर्जा उत्पादनसँग सम्बन्धित कम्पनीहरू मात्रै सदस्य हुने व्यवस्था छ । इप्पानमा प्रत्यक्षरूपमा ऊर्जा उत्पादन नगर्ने तर ऊर्जा विकासकै काममा लागेका १०० भन्दा धेरै एशोसिएट सदस्यसमेत छन् । उनीहरूलाई मतदान गर्ने अधिकार भने हुँदैन । पछिल्लो समय जलविद्युत् क्षेत्रलाई सरकारले प्राथमिकता दिएकाले निजी क्षेत्रबाट जलविद्युत विकासमा उत्साहजनक सहभागिता देखिएको छ । अध्यक्षमा कार्कीको पल्ला भारी  इप्पानको निर्वाचनमा अध्यक्षका उम्मेदवार गणेश कार्कीलाई पूर्वअध्यक्षहरू, प्रतिष्ठित व्यवसायीहरू, ऊर्जा विज्ञ र ऊर्जासँग जोडिएका अन्य व्यवसायीले पनि समर्थन गरेको उनी निकट उम्मेदवारहरूले बताएका छन् । कार्कीलाई वर्तमान कार्यसमितिका सबैजसो पदाधिकारीले पनि समर्थन गरिसकेका छन् । वरिष्ठ उपाध्यक्षमा मोहन डाँगी चुनावी मैदानमा छन् । ५ जना उपाध्यक्षहरूमा सिए आशिष गर्ग, अधिवक्ता भरतबहादुर खत्री, रामप्रसाद आचार्य, ई. आनन्द चौधरी, उत्तमा भ्लोन लामा र हिमप्रसाद पाठकले कार्कीकै प्यानलबाट चुनावी प्रतिस्पर्धामा उत्रने बताइसकेका छन् । महासचिवमा बलराम खतिवडा र उपमहासचिवमा प्रकाश दुलालले पनि कार्कीकै प्यानलबाट प्रतिस्पर्धा गर्दै छन् । यसैगरी ५ जना सचिवमा भरत खड्का, विक्रम विष्ट, अविज्ञा मल्ल, कविता कँडेललगायतले प्रतिस्पर्धा गर्दै छन् भने कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्थले कार्कीको प्यानलबाटै प्रतिस्पर्धा गर्ने बताएका छन् ।  सदस्यहरूमा सिए उत्तर कुमार श्रेष्ठ, शंकर बस्याल, ई. मिथुन पौडेल, कुवेरमणी नेपाल, ई. कदम केसी, ई. दीपक पौडेल, टि.एन. आचार्य, मोहन कार्की, ई. सुवास बराल, ई. पुस्कर ढुङ्गेल, ई. गोपाल निउरे, सिताराम तिमल्सिना, जगदिश बहादुर पाललगायत प्रतिस्पर्धामा छन् । सदस्यका अधिकांश प्रतिस्पर्धीहरू कार्कीको प्यानलबाट चुनावी प्रतिस्पर्धा गर्दै छन् । महिला सदस्यमा सुमन जोशी, सुसन कर्माचार्य, इन्दिरा पन्त, रजनी थापा, इशा श्रेष्ठलगायतले पनि कार्कीको प्यानलबाट प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । अध्यक्षका उम्मेदवार कार्कीले ४५० मध्ये ३०० भन्दा धेरै सदस्यले आफूलाई समर्थन गरिसकेकोले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।  अध्यक्ष बाहेकका अधिकांश पदमा सहमति हुने सम्भावना धेरै रहेको उपमहासचिवका प्रत्यासी प्रकाश दुलालले बताए । सबै पदमा सहमति भएर अध्यक्षको मात्रै चुनाव हुने अवस्था आएमा त्यो पनि सहमतिबाटै टुंगिने उनको अपेक्षा छ । जेठ २५ गतेसम्म नविकरण र नयाँ सदस्यताको लागि आवेदन दिएका ४५० कम्पनीका प्रतिनिधिहरू साधारणसभामा भाग लिन र मतदान गर्न पाउने छन् । निर्वाचन समितिले जेठ २७ गते मतदाता नामावली प्रकाशन गर्ने प्रमुख निर्वाचन अधिकृत अधिवक्ता चिरञ्जीवी खतिवडाले जानकारी दिए । २७ गतेदेखि नै इप्पानको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय रहने समेत उनले बताए । मतदाता नामावली प्रकाशनसँगै निर्वाचन कार्यतालिकासमेत सार्वजनिक हुनेछ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले उद्‍घाटन गर्ने इप्पानको २१ औं वार्षिक साधारण सभा यही जेठ ३२ गते बौद्ध स्थित हायात होटलमा हुँदैछ ।

रुपन्देही २ मा विष्णु पौडेललाई थापाले चुनौती दिँदै

रुपन्देही निर्वाचन क्षेत्र नं. २ बाट तीन तीन पटक निर्वाचन जितेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र गठबन्धनको समर्थन पाउनु भएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा चुनावी प्रतिस्पर्धा हुँदैछ ।

लिङ्देन र सिटौलाको भिडन्तमा एमालेका बागी उमेदवार बन्लान् निर्णायक ?

बिर्तामोड (झापा) । झापा निर्वाचन क्षेत्र नम्बर ३ मा यसपटक पनि ०७४ कै जस्तो चुनावी प्रतिस्पर्धा हुने धेरैको अनुमान छ । एकातिर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई एमालेको समर्थन छ भने अर्कोतिर पाँच दलीय सत्ता गठबन्धनबाट कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् । अर्थात् मुख्य प्रतिस्पर्धीका रूपमा ०७४ कै अनुहार चुनावी मैदानमा छन् । फरक के...

एमालेलाई समर्थन गर्दै माओवादी उम्मेदवारले ‘फिर्ता लिए’ उम्मेदवारी

रूपन्देही । अर्घाखाँचीको शितगंगा नगरपालिका– १० मा माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवार रवि बेल्बासेले एमालेका उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी ‘फिर्ता लिएका’ लिएका छन् । नगरपालिकाको अध्यक्षमा पाँच दलीय गठबन्धन र एमालेबीच चुनावी प्रतिस्पर्धा भए पनि वडामा सबै दल एक्लाएक्लै भिडेका थिए । माओवादी उम्मेदवारले सघाउने भएपछि यहाँका एमाले उत्साही भएका छन् । उक्त वडा माओवादीको […]

राष्ट्रपति निर्वाचन आज

संघीय गणतन्त्र नेपालका तेस्रो राष्ट्रपति चुन्न आज (मंगलबार) मतदान हुँदैछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी तथा पूर्वसांसद कुमारीलक्ष्मी राई राष्ट्रपतिका लागि चुनावी प्रतिस्पर्धा छन्। वर्तमान राष्ट्रपति भण्डारीको उम्मेदवारीलाई सत्तारुढ दलहरू नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चाको समर्थन छ। राईलाई नेपाली कांग्रेस र राप्रपाले समर्थन गरेका छन् । नयाँ शक्ति पार्टीले भने निर्वाचन प्रक्रियामा सामेल नहुने जनाएको छ।