पछिल्लो समय अमेरिकामा रहँदै आएका फिल्म अभिनेता सुवास थापाले त्यहाँबाट आफूलाई निर्देशन, अभिनय दुवै विधामा क्रियाशील बनाइरहेका छन् । केही अगाडि आफ्नो निर्देशन अभिनय गरेको ‘कुल्ची हिँड्छन् फूललाई’ गीत सार्वजनिक गरेका थापाले अहिले फेरि तीज गीतको भिडियो बनाएका छन् ।थापाको निर्देशन रहेको तीज गीत भिडियो ‘आउँ साथी नाचौँ गाउँ’ सार्वजनिक भएको छ । सीमा शाहको स्वर तथा भामा देवकोटा शर्माको शब्द रहेको गीतमा करणराज कार्कीले सङ्गीत दिएका छन् । गीतमा विजेश्वर तण्डुकारको स