काठमाण्डाै - नेपाल भ्रमणमा रहनुभएका चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्दै हुनुहुन्छ । अहिले बिहान भने उहाँ हाइकिङ जानुभएको छ ।
हाइकिङबाट फर्किएपछि दिउँसो वाङले समकक्षी खड्कासँग सिंहदरबारमा भेट गर्ने कार्यक्रम छ । भेटका क्रममा नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चिनियाँ विदेशमन्त्री वाङले काठमाण्डौबाटै भर्चुअल माध्यमबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमान...