बालिका हत्या आरोपमा आमासहित ५ जना पक्राउ

रुपन्देहीमा छोरीको हत्या गरी आत्महत्याको प्रयास गरेको आरोपमा महिलालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको मायादेवी गाउँपालिका–३ हरहरवामा आफ्नै कोठाको पंखामा एक वर्षीया बालिकाको घाँटी बाँधेर हत्या गरेको आरोपमा आमासहित ५ जना पक्राउ परेका हुन् ।