रुस र अमेरिकाले पछिल्ला प्रतिबन्धबारे वार्तालाई निरन्तरता दिने भएका छन् । रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले मस्को र वाशिङ्टनले वर्तमान भूराजनीतिक अवस्थाको पृष्ठभूमिमा वार्ताका केही माध्यम कायमै राखेको बताउनुभएको छ ।
युक्रेनमा भइरहेको घटनाक्रम, विश्वभरबाट आएको दबाब र प्रतिबन्धबारे सोधिएको प्रश्नमा प्रवक्ता दिमित्रीले अमेरिकासँग वार्ताका केही माध्यमहरू कायम राखेको जवाफ दिनुभएको रुसी समाचार संस्था तासले जनाएको छ ।
युरोपेली सङ्घ, बेलायत, अमेरिका र क्यानडाले आफ्नो आकाशमा रुसी विमान उड्न प्रतिबन्ध लगाएका छन् । रुस...