‘अनअराइभल भिसा’ दिने व्यवस्था तत्काल मिलाउन माग

पर्यटन क्षेत्रका अगुवा सङ्गठनले कोभिड–१९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा नराखी ‘अनअराइभल भिसा’ मा नेपाल आउन दिने व्यवस्था तत्काल मिलाउन सरकारसमक्ष माग गरेका छन् ।नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), होटल सङ्घ नेपाल (हान), प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरलगायत १४ संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै व्यवसायीका माग तत्काल सम्बोधन नगरे अर्को सातादेखि सङ्घर्षमा उत्रने चेतावनी दिएका छन् ।पर्