भारतमा बस दुर्घटन हुँदा १० जनाको मृत्यु, अमेरिकाको हलिउडमा गोली प्रहार ९ जना घाइते

काठमाडौं : भारतको जम्मुमा भएको बस दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ। आज बिहान झज्जर कोटली क्षेत्रमा एक पुलबाट बस खसेर भएको भएको दुर्घटनामा अन्य २० जना घाइते भएका छन्। जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। अमृतसरबाट वैष्णोदेवी जाँदै गरेको बस दुर्घटनामा परेको हो। बसमा ७५ जना सवार रहेको त्यहाँको प्रहरीले जनाएको छ। यसैबीच अमेरिकाको फ्लोरिडास्थित हलिउडमा अन्धाधुन्ध गोली प्रहारबाट ९ जना घाइते भएका छन् । एक बालकसहित ९ जना घाइतेलाई अस्पताल भर्ना गरिएको छ। एक रेष्टुरेन्टमा बस