रुकुम पूर्व दुर्घटनाका घाइतेको उद्दार गर्न सैनिक हेलिकप्टर परिचालन

रुकुमपूर्वको भुमे गाउँपालिका–३ स्थित क्याङसीमा भएको दुर्घटनाका घाइतेलाई उद्दार गर्न सेनाको हेलिकप्टर परिचालन गरिएको छ । बस दुर्घटनाका घाइतेलाई उद्धार गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा सेनाको हेलिकप्टर परिचालन गरिएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले रातोपाटीलाई बताए । दुर्घटनामा घाइते भएकाहरूको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा पठाइएको सह–सचिव पोखरेलले जानकारी दिए । काठमाडौंबाट रूकुमकोटतर्फ गइरहेको ग १ ख ९१०९ नम्बरको बस भूमे गाउँपालिका–३ स