महामारीमा आफ्नो मन र शरीरलाई सन्तुलन बनाइ राख्न अपनाउनुहोस् यी उपाय

विपत्तिको समयमा मानिसको मन बढी नै चल्ने गर्छ । मन जति चलायो त्यति नै शरीरलाई गाह्रो हुन्छ । यस बेलामा शरीरका ज्ञानेन्द्रीय बढी नै सतर्क हुने गर्छन् । कति बेला के सुन्न पर्ने हो, के देख्न पर्ने हो र के भोग्न पर्ने हो भन्ने जस्ता भावनाहरु मानिसको मनमा बारम्बार आइरहन्छ ।  समस्या आउन बाँकी नै हुन्छ । त्यसलाई आफूले झेल्न पर्छ या पर्दैन भन्ने पनि निश्चित हुँदैन । तर पनि त्यसकै कल्पनामा मानिसको मन आत्तिरहन्छ । विपत्तिको समयमा मन आत्तिनु, डर हुनु र चिन्ता लाग्नु स्वाभाविक हो । यसलाई असामान्य परिस्थितिको सामान्य प्रतिक्रियाहरू हुन् भन...