पर्साका सात स्थानीय निकायले अझैँ नीति , कार्यक्रम तथा बजेट प्रस्तुत गरेनन्

वर्तमान व्यवस्थामा असार १० गतेभित्र स्थानीय पालिकाहरुले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने समयमा सिमा दिइएको भए पनि पर्साका सात स्थानीयले निकायले हालसम्म नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छैनन् । पर्सा जिल्लामा रहेका १४ स्थानीय निकाय मध्ये सात स्थानीय निकायले आजसम्म आर्थिक वर्ष २०७८÷७९को नीति, कार्यक्रम तथा बजेट ल्याउन सकेका छैनन् भने सात स्थानीय निकाय नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिसकेका छन् ।