२७ असोज, काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ । माल्दिभ्समा जारी समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले सुरुवाती नवौं मिनेटमा नै गोल खाएको हो । उसका लागि सुमन रेजाले गोल गरेका हुन् । पहिलो हाफमा बंगलादेशले अग्रता कायमै राखेको छ । फाइनल प्रवेशका लागि नेपाललाई कम्तिमा बराबरी चाहिन्छ ।