गुल्मी सदरमुकाम तम्घासस्थित कोरोना भाइरस परीक्षण प्रयोगशाला बन्द भएको छ ।
सञ्चालनका लागि रकम अभाव भएपछि चार महिनादेखि प्रयोगशाला बन्द भएको हो ।
कोरोना माहामारीको शुरुआतमा नै भैरहवासम्म स्वाब पठाउनुपर्ने हैरानीले जिल्लाका स्थानीय तहले प्रयोगशाला सञ्चालन गरेका थिए ।
खर्च थेग्न नसकेपछि प्रयोगशाला बन्द गर्नुपरेको गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याले जानकारी दिए ।
२०७७ असोज ७ गतेदेखि शुरू गरिएको प्रयोगशाला एक वर्षमात्रै सञ्चालन भयो ।
उक्त अवधिमा ७१ लाख रूपैयाँ खर्च भएको थियो । स...