कर्णाली प्रदेश : एमाले त्याग्दै ३ जनाले रोजे एकीकृत समाजवादी

काठमाडौं : नेकपा एमालेबाट कर्णाली प्रदेशसभामा निर्वाचित ३ जना सांसदले नेकपा एकीकृत समाजवादीमा सनाखत गराएका छन्। प्रदेश निर्वाचन कार्यालयमा पुगेर उनीहरुले माधवकुमार नेपालको पार्टीमा सनाखत गराएका हुन्। देवी ओली, चन्द्रबहादुर शाही र पद्म बहादुर रोकायाले एमाले त्याग्दै नेकपा एकीकृत समाजवादीमा सनाखत गराएका हुन्। वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले विभाजन…

सम्बन्धित सामग्री

कर्णालीका मुख्यमन्त्री शर्माले शुक्रबार विश्वासको मत लिने

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिने भएका छन्। नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र राप्रपाको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री बनेका शर्माले माघ ६ गते विश्वासको मत लिएका थिए। राष्ट्रपतिको चुनावसँगै फेरिएको राष्ट्रिय समीकरणपछि केन्द्रमा राप्रपा सरकारबाट बाहिरिएको छ। राप्रपाका कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले गत फागुन १८ […]

कर्णालीको मुख्यमन्त्रीमा माओवादी दलका नेता शर्मा नियुक्त

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका छन् । कर्णाली प्रदेश सरकारको नेतृत्व गर्न सत्ता गठबन्धन दल नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा शर्माले आज बेलुका ५ बजे कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । शर्माले मुख्यमन्त्रीमा […]

एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटी सदस्य शाही एमाले फर्किए

काठमाडौँ- एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटीका सदस्य गणेशबहादुर शाही एमाले प्रवेश गरेका छन् । अध्यक्ष केपी ओलीले डोल्पाका स्थानीय नेता शाहीलाई बिहीबार खादा लगाई पार्टी प्रवेश गराए । शाही पार्टी प्रवेशका लागि अध्यक्षको निवास बालकोट गएका थिए । उनीसँगै जीवनबहादुर शाहीलगायत पनि एमालेमा प्रवेश गरेका छन् । बुधबार ओलीले कञ्चनपुर पुगेर एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश […]

निर्वाचनमा केपी ओली नराम्रोसँग पछारिनेछन् : प्रकाश ज्वाला

नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवम् कर्णाली प्रदेश इञ्चार्ज प्रकाश ज्वालाले आसन्न निर्वाचनमा केपी ओली नराम्रोसँग पराजित हुने बताएका छन् । उनले गठबन्धन एकातिर र एमाले अर्कोतिर हुँदा ओलीलाई चुनावमा फेस हुन नै गाह्रो पर्ने उनको तर्क छ । बुधबार प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित सुर्खेत जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ओलीलाई एक्लै चुनाव लड्न सहज नभएको जिकिर गरे । ‘ओलीले राप्रपा लगायतका अन्य दलसँग तालमेल गर्ने छन्,’ उनले भने, ‘तर पनि ओली नराम्रोसँग पछ

सयभन्दा बढी एमाले कार्यकर्ता समाजवादीमा प्रवेश

सल्यान : नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कर्णाली प्रदेश सदस्य लोकबहादुर डाँगी सहित सयभन्दा बढी नेता कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। मंगलबार सल्यान खलंगामा आयोजित शारदा नगरपालिका स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा डाँगीसहित एक सयभन्दा बढी कार्यकर्ता समाजवादीमा प्रवेश गरेका हुन्।जिल्ला समन्वय समितिको सभाहलमा भएको पार्टी प्रवेश कार्यक्रममा राष्ट्रियसभाका सदस्य उदय बोहरा र उपमहासचिव प्रकाश ज्वालाले खादा र माला लगाएर पार्टीमा स्वागत गरे। डा

कर्णाली प्रदेश : सत्तारुढ गठबन्धनमा ‘गडबड’ !

कर्णाली प्रदेशमा एमाले बाहेकका नेताहरु गठबन्धनको अभ्यास आफूहरुले सुरु गरेको दाबी गर्दछन् । केन्द्रमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चा पार्टीको गठबन्धन छ । तर त्यसअघि नै आफूहरुले कर्णाली प्रदेशमा गठबन्धनको अभ्यास गरेको काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेशस्तरका नेता तथा सांसद बताउँछन् ।कर्णाली प्रदेशले नै गठबन्धनको अभ्यास सुरु गरेपछि केन्द्रमा पाँच दलीय गठबन्धन निर्माण भयो । यो गठबन्धन अहिले सातै प्रदेशमा विस्तार

प्रकाश ज्वालाको दाबी– कर्णालीमा एकीकृत समाजवादी पहिलो पार्टी बन्छ

नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालालाई कर्णालीको राजनीतिकै ‘गेम चेञ्जर’को रुपमा लिइन्छ । तत्कालीन नेकपा हुँदै एमाले विभाजनसम्म आइपुग्दा र प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादीको बलियो पकडले गर्दा उनी प्रदेशकै राजनीतिको निर्णायक भूमिकामा रहँदै आएका छन् ।कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री ज्वाला तत्कालीन नेकपामा रहँदा होस् या एमाले मै पनि केपी शर्मा ओली पक्षको गुटगत निर्णय र अत्याचारका विरुद्धमा निरन्तर आवाज उठाए ।

हुम्लामा पार्टी कार्यालय उद्घाटन गर्दै नेकपा (एकीकृत समाजवादी)

सिमकोट, ११ असोज: नेकपा (एमाले) विभाजनपछि हुम्लामा पार्टी कार्यालय उद्घाटन गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका कर्णाली प्रदेश इञ्चार्ज प्रकाश ज्वाला र प्रदेश सरकारका भौतिक पूर्वधार विकासमन्त्री अमरबहादुर थापा ।-तस्वीर : दाने बोहरा -रासस

शाहीले दिए प्रदेश योजना आयोगबाट राजीनामा

सुर्खेत– कर्णाली प्रदेश योजना आयोगको सदस्य पदबाट योगेन्द्र शाहीले राजीनामा दिएका छन् । नेकपा एमाले विभाजनपछि एकीकृत समाजवादी (एस) पार्टीमा लाग्न दबाव आएपछि शाहीले राजीनामा दिएका हुन् ।प्रदेश योजना आयोग गठन गर्दा एमालेको कोटाबाट सदस्य मनोनित भएका थिए उनी । आयोगमा उपाध्यक्षसहित एक सदस्य माओवादी केन्द्रबाट र शाही एमालेबाट सदस्य थिए । उनले आफू पार्टीमा […]

नेपाललाई युवराज ज्ञवालीले भने: एमाले त सिध्याउनु होला, तर तपाईँहरूले जित्नुहुन्न

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक युवराज ज्ञवालीले वाममोर्चा बनाएर एमाले सिध्याउने प्रयास नगर्न नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका छन् । सुर्खेतमा आज मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले भने, ‘अर्को वाममोर्चा बनाएर एमालेलाई सिध्याउन नलाग्नुस्, एमालेलाई त सिध्याउनुहोला तर तपाईँहरूले जित्नुहुन्न ।’ ज्ञवालीले माधव नेपाललाई चुनौती दिँदै अघि […]