विश्वको आपूर्ति शृङ्खला झनै बिग्रियो, महँगीमा पिल्सिदैं रुसी जनता

चैत १०, काठमाडौं  रुसले युक्रेनमाथि हमला गरेयता विश्वको आपूर्ति शृङ्खला झनै बिग्रिएको छ । कच्चा तेलको भाउमा तीव्र उतारचढाव आइरहेको छ । खाने तेल महँगो भएको छ । गहुँ, मकैलगायत खाद्यान्नहरु महँगो भएका छन् । बेलायतमा महँगी ३० वर्षयताकै ताजा उचाईमा उक्लिएको छ । अमेरिकामा पनि महँगी थेगि नसक्नु भएपछि केन्द्र बैंकले आक्रामक रुपमा ब्याजदर बढाउने योजना अगाडि सारेको छ । भारत, जापानमा पनि महँगी बढेका छन् । युद्धको बाछिटाले नेपाल पनि नराम्ररी भिजेको छ । महँगी थेगिनसक्नु भएको छ । भात भान्सा चलाउन सकस भएको छ । युद्धको रापले रुसीहरु पनि पिल्सिन थालेका छन् । हालै त्यहाँको सरकारले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार चिनि लगायत मुख्य उपभोग्य वस्तुको भाउ गएको एक हप्तामा १४ प्रतिशतले बढेको छ । युक्रेनमाथि हमला गरेयता डलरको तुलनामा रुसी मुद्रा रुबलको भाउ निकै कमजोर भएको छ । मार्चमा डलरको तुलनामा रुबल अहिलेसम्मकै न्यून स्तरमा आएको थियो । यस वर्षको अहिलेसम्मको अवधिमा रुबलको भाउ २२ प्रतिशतले घटेको छ । महँगी पनि छोइ नसक्नु भएको छ । मार्च १८ मा सकिएको हप्तामा रुसको वार्षिक मुद्रास्फीति १४ दशमलव ५ प्रतिशतले बढेको बुधवार त्यहाँको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । यो सन् २०१५ को अन्त्ययताकै उच्च हो । संघीय तथ्यांक कार्यालयका अनुसार देशका केही क्षेत्रमा चीनीको भाउ ३७ दशमलव १ प्रतिशतसम्म बढेको छ । औसतमा भने मूल्य वृद्धि १४ प्रतिशत हाराहारी छ । चीनी प्रायः खानेकुरा प्रिजर्भ गरेर राख्न वा रक्सी बनाउन प्रयोग गरिन्छ । समीक्षा अवधिमा चीनीको मूल्य सबैभन्दा धेरैले बढेको छ । प्याजको भाउ पनि गत हप्ता देशका केही क्षेत्रमा ४० प्रतिशत भन्दा धेरैले बढेको छ । औसतमा भने यो वृद्धि १३ दशमलव ७ प्रतिशत भएको तथ्यांकले देखाएको छ । मार्च १८ मा सकिएको हप्तामा डाइपर, कालो चियादेखि ट्वाइलेट पेपरसम्म अधिकांश सामानको भाउ बढेका छन् । रुबल कमजोर बनेकोले आयातित सामान झनै महँगो भएका छन् । एजेन्सीहरुको सहयोगमा

सम्बन्धित सामग्री

युक्रेनका ६० लाख जनता बिजुली बिहीन: राष्ट्रपति जेलेन्स्की

काठमाडौं । युक्रेन र रुस युद्धकाबीच युक्रेनका ६० लाख जनता बिजुली बिहीन अवस्थामा अध्यारोमा बस्न बाध्य भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत साता रुसी मिसाइल हमलापछि ६० लाख युक्रेनीका घरमा अझै बिजुली आपूर्ति हुन नसकेको बताउनुभएको हो । चिसो बढेको बेला बिजुली, ग्याँस र हिटरबिना बाँच्न बाध्य हुँदा युक्रेनी जनता थप मारमा परेको […]