काठमाडौं, ९ बैशाख । आगामी स्थानीय तहको चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरको मेयरमा कलाकार मदनदास श्रेष्ठलाई सिफारिस गरेको छ । पार्टीको महानगर समितिको हिजो बसेको बैकठले मेयरमा श्रेष्ठको नाम सिफारिस गरेको हो । शीर्ष तहमा श्रेष्ठसहित पुर्वसचिव केदारबहादुर अधिकारी र दीपक रञ्जितको नामपनि मेयरमा चर्चामा थियो ।