१५ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल बैंक र नेपाल-बंगलादेश (एनबी) बैंकबीचको मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ । कर्मचारी समायोजनमा हेलाहोचो भएको भन्दै विवाद भएपछि राष्ट्र बैंकले अन्तिम स्वीकृति रोकेको थियो । तर, बुधबार बसेको राष्ट्र बैंकको सञ्चालक समिति बैठकले अन्तिम स्वीकृति प्रदान गरेको स्रोतले बतायो । कर्मचारीहरुको पदीय हैसियत सम्बन्धमा दुवै बैंकका […]