काभ्रेको स्थानीय तहको बेरुजु ३१ करोड ४० लाख

काभ्रे : जिल्लाको स्थानीय तहमा ३१ करोडभन्दा बढी बेरुजु देखिएको छ। बुधबार महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५९ औँ वार्षिक प्रतिवेदनअनुसार काभ्रेका १३ स्थानीय तहको आर्थिक वर्ष २०७७।७८ मा ३१ करोड ४० लाख ७८ हजार बेरुजु देखिएको हो।महालेखापरीक्षाको प्रतिवेदनअनुसार काभ्रेको मण्डनदेउपुर नपाको सबैभन्दा धेरै र पनौती नपाको कम बेरुजु देखिएको छ। गाउँपालिकामध्येमा सबैभन्दा धेरै महाभारत र कम रोशी गाउँपालिकाको बेरुजु छ।महालेखाले मण्डनदेउपुर नपाको ४ करोड ७८ लाख १९ हजार अर्थात् २.७१ प्रतिशत रकम बेरुजु रह