विकास बैंक र वित्त कम्पनीलाई अब एउटै सुपरिवेक्षण विभागले हेर्ने भएको छ । बिहीबार केन्द्रीय, राष्ट्र बैंकले विकास बैंक सुपरिवेक्षण विभाग र वित्त कम्पनी सुपरिवेक्षण विभागलाई एकीकृत गर्दै वित्तीय संस्था सुपरिवेक्षण विभाग स्थापना गरेको हो । योसँगै अब राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘ख’ र ‘ग’ वर्गका वित्तीय कम्पनीहरूको आर्थिक तथा सामाजिक गतिविधिको सुपरिवेक्षण एउटै निकाय वित्तीय संस्था सुपरिवेक्षण विभागले हेर्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै सो बारे जानकारी दिएको