गोलबजार, २१ मंसिर । सिरहाको कर्जन्हा नगरपालिका र फूलकुमारी महतो मेमोरियल अस्पतालबीच पाठेघर र हाइड्रोसिलका बिरामीलाई निःशुल्क उपचारका लागि सम्झौता भएकोे छ । सम्झौतापत्रमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा श्यामकुमार साह र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार उक्त अस्पतालले पाठेघर खसेको महिला र हाइड्रोसिल भएको पुरुषलाई निःशुल्क शल्यक्रिया, बेड चार्ज, […]