दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका निवर्तमान प्रमुख दीपनारायण रिजालले गत आर्थिक वर्ष नै दिक्तेल बजारको सडक ढलान पूरा गराउने वाचा गरेका थिए । तर यो आव सकिन लाग्दा पनि काम अपूरै छ । काम नगरी अलपत्र छोड्दा दिक्तेल बजार कुरूप मात्र होइन, यातायात नचल्दा स्थानीयको व्यापार व्यवसायमा पनि असर परेको छ ।