त्रिभुवन विश्वविद्यालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि आधा दर्जन कार्यालय बन्द भएका छन्। स्रोतका अनुसार संक्रमण देखिएपछि कार्यकारी परिषद्को कार्यालय बन्द गरिएको छ। त्यसै गरी योजना तथा अनुगमन महाशाखाका कर्मचारीलाई कोरोना देखिएपछि सो कार्यालय बन्द गरिएको छ। त्यस्तै, निरीक्षण शाखामा पनि ताला लगाइएको छ।
कृषि तथा वन विश्वविद्यालय डीन कार्यालय र शिक्षाशास्त्र संकाय डीनको कार्यालय पनि बन्द छ। यसअघि कर्मचारी महाशाखामा तीन दिनअघि एक कर्मचारीलाई संक्रमण भएपछि बन्द गरिएको थियो। हिजो बिहीबारबाट खोलिएको एक कर्मचारीले जानकारी दिएका...