प्रजातान्त्रिक व्यवस्थाको उत्तम विकल्प

नेपालमा संसदीय प्रजातान्त्रिक व्यवस्था छ । अहिलेकै व्यवस्थाले देशमा प्रगति सम्भव देखिँदैन । किनभने यो व्यवस्थाले नागरिकसमक्ष आकाश छुने सपना छरेको छ तर परिणाममा अभाव र उत्पीडन मात्र दिएको देखिन्छ । प्रजातन्त्रलाई विश्वकै उत्कृष्ट व्यवस्था भनिन्छ तर यसबाट नेपाल सबैभन्दा विपन्नताको दर्जामा पुग्यो । नागरिकहरू गरिबीको रेखामुनि छन् तर राजनीति गर्ने अधिकांश मान्छेले देशको क्षेत्रफलभित्र नअटेर स्विजरल्यान्डदेखि पानामासम्म आफ्नो सम्पत्ति ओसारेका तथ्यहरू देखिएका छन् ।पहुँचवालाहरू विलास र हैकम चलाएर ब