१६ भदौ, तानसेन । सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्ड भासिएर आवागमन बन्द भएको छ । एक महिना अघिदेखि राजमार्गको हिउँदेखोलामा केही मात्रामा भासिएको सडक आज (बिहीबार) दिउँसो सवारी सञ्चालन नै गर्न नमिल्नेगरी खसेको हो । सडक डिभिजन पाल्पाका अनुसार ६० मिटर सडक भासिएको हो । सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालका अनुसार […]
सिद्धार्थ राजमार्गअन्तर्गत चौबीसमाइल, झुम्सा र भूतखोलामा अघिल्लो वर्ष भासिएको सडक मर्मत नहुँदै पुनः हिउँदेखोलानजिक यस वर्ष भासिएको छ । केही दिनदेखि तिनाउ गाउँपालिका–५ हिउँदेखोलानजिक ५० मिटर सडक भासिएको हो । भासिएको सडकमा गेग्रानले पुरेर सवारी सञ्चालन गरिएको सडक डिभिजनले जनाएको छ । एक सातायता राजमार्गको तल्लो भागमा सामान्य चर्किएको थियो । निरन्तरको वर्षापछि सडकको अधिकांश भाग नै जोखिममा पर्ने गरी चिरा परेको छ ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिक सडक भासिएको ठाउँबाट सबै सवारीसाधन सञ्चालन गरिएको छ । सडक भासिएको ठाउँको कुनापट्टि भित्ता खन्ने काम जारी रहँदा आजदेखि सबै खाले सवारी सञ्चालन गरिएको हो ।उक्त खण्डमा एकतर्फीरूपमा सवारी सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । रातिको समयमा जोखिम हुने भएकाले शुक्रबार राति ७ बजेदेखि आज बिहान ६ बजेसम्म सडक बन्द गरेर काम गरिएको थियो । “साना तथा ठूला सबै गाडी चलेका