डडेल्धुरा : डडेल्धुरामा पाँचजना उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएका छन्। प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गरेका ३ र प्रदेशसभातर्फ उम्मेदवारी दिएका २ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।प्रतिनिधिसभातर्फ एमालेबाट उम्मेदवार बनेका चक्रप्रसाद स्नेही, स्वतन्त्र दानबहादुर पाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कालीप्रसाद जोशीले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवेदनपछि स्नेहीको