काठमाडौँ । पर्यटकीय नगरी धुलिखेलमा सञ्चालित नेपालकै पहिलो साहसिक खेल सुपरम्यान जिपलाइको लोकप्रियता बढ्दो छ । कोभिड–१९ का कारण करिब ९ महिना बन्द रहेको उक्त जिपलाइनले पछिल्लो समय निकै आक्रामक रुपमा गति लिन थालेको हो ।कोभिडपछि दैनिक करिब ३ दर्जन पर्यटकहरु साहसिक खेल जिपलाइन खेल्न धुलिखेल आउने गरेको सञ्चालक वर्ल्ड वाइड एड्भेन्चर प्रालिले जनाएको छ । सुलभ शुल्कमा स्वदेशी (आन्तरिक) पर्यटकहरुलाई नै प्राथमिकतामा राख्दै जिपलाइन सेवा सञ्चालन गरिएकोमा पछिल्लो समय सहासिक खेल पारखीहरुको जिपलाइन प्रति आक